सहमतिपछि बिपी प्रतिष्ठानको आन्दोलन टुङ्गियो

धरान (सुनसरी) : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुङ्गिएको छ ।

आज प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच छ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुङ्गिएको हो । सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक भोलिदेखि नियमित काममा फर्कने छन् ।

दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आगामी फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशित गर्ने सहमति भएको छ । आन्दोलनकारीलाई पूर्वाहग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ ।

उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाअघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो । उक्त बैठकले फागुन ६ गतेदेखि बढुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरेपनि आन्दोलनरत शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायमुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमति जनाउनुपर्ने माग गरेपछि आज वार्ता भएको हो ।

सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्रा डा कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मा, रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला, अस्पताल निर्देशक डा जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराल अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओमशान्ति रजकले हस्ताक्षर गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖