विराटनगरमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शुरु

विराटनगर । मोरङ जिल्ला क्रिकेट सँघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राह स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहले निर्धारित २० ओभरको खेलमा १२ ओभरमा सवै विकेट गुमाई ६२ रनमा सिमित भयो । जस्मा आशिषकुमार इसारले सर्वाधिक ३१ रन बनाए । आर्दशका म्यान अफ द म्याच प्रशान्त कुशैयतले ४ विकेट लिए ।

६३ रनको सामान्य लक्ष्य पछ्याएको आर्दशले ७ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । जस्मा प्रभास यादवले सर्वाधिक १६ रनको योगदान दिए । गोग्राहका अरविन्द मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले नमुना विद्या मन्दिरलाई २२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यू मूनले निर्धारित २० ओभरको खेलमा १५ औं ओभरमा सवैm विकेट गुमाई ६२ रनको योगफल तयार पारेको थियो । जस्मा रियाज आलमले सर्वाधिक १४ रनको योगदान दिए । नमुनाका राजिव कामतले ३ विकेट लिए ।

६३ रनको विजयी लक्ष्य पाएको नमुनाले १६ औं ओभरमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो । नमुनाका कसनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । न्यू मूनका म्यान अफ म्याच सहवाज आलमले ५ विकेट लिए ।

फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगरका १६ स्कुल सह्भागि रहेको मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद बाबुले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।