कोशी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राइजिङले निर्धारित १७ ओभर ९ विकेट गुमाई ७७ रन बनाएको थियो । जस्मा महमद इरफानले सर्वाधिक २७ रन बनाए । कोशीका रविन मण्डलले ३ विकेट लिए ।

७८ रनको लक्ष्य पछ्याएको कोशीले ५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । कोशीको जितमा म्यान अफ द म्याच रविन मण्डलले सर्वाधिक ६५ रनमा अविजित रहे । राइजिङका महमद समिर आलमले २ विकेट लिए ।

दोस्रो खेलमा अरनिको स्कुलले सगरमाथा स्कुललाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जस्मा अमन यादव ३२ रन बनाउँदा लुसाङ गुरुङले २९ रनको योगदान दिए । सगरमाथाका विखिल साहले ३ विकेट लिए ।

१ सय ३७ रनको विजयी लक्ष्य पाएको सगरमाथाले ११ ओभरमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । जस्मा सौरभ रायले सर्वाधिक ११ रन बनाए । अरनिकोका म्यान अफ म्याच लुसाङ गुरुङले सर्वाधिक ३ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।