चौथो राष्ट्रिय लघुवित्त सम्मेलन : जीवन विकासलाई दश विधामा पुरस्कार

विराटनगर । ‘ चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’मा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो । सम्मेलनमा जीवन विकास लघुवित्त संस्था, लघुवित्तका कर्मचारी र सदस्यले मात्रै विभिन्न दश विधामा उत्कृष्ट हुँदै पुरस्कार पाएका छन् ।

संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घाेषित भएकाे जीवन विकास लघुवित्त अति विपन्नको उत्थान गर्ने उत्कृष्ट संस्था पनि बन्याे । जीवन विकासले थ्रि जिरो ( शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन ) क्लब प्रवर्द्धन तर्फ पनि उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

जीवन विकास लघुवित्तकी सदस्य जहदा गाउँपालिका– ४ मोरङकी किरणदेवी कोइरी उत्कृष्ट र उदाहरणीय कृषि कार्य गरे वापत पुरस्कृत भइन् । यो पुरस्कार कोइरीसहित अन्य नौं संस्थाका एक–एक जना सफल सदस्यले पनि पाएका छन् ।

उत्कृष्ट उद्यमी पुरस्कार जीवन विकासकी सदस्य नसिमा खातुनले प्राप्त गरिन् । विराटनगरकी खातुनले श्रीमान र छाेरालाई उद्यमी बनाएकी छन् ।

अति विपन्नको उत्थान गर्ने उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कार जीवन विकास लघुवित्त नदीताल सर्लाही शाखामा कार्यरत वरिष्ठ सहायक सन्तोषकुमार मण्डलले प्राप्त गरे । सो पुरस्कार चमेली बचत तथा ऋण सहकारी संस्थाका फिल्ड प्रबन्धक अर्जुन पासवानले पनि पाएका थिए ।

उद्यमशीलता विकासमा उत्कृष्ट र उदाहरणीय कार्य गरे वापत जीवन विकास लघुवित्त अमाहीवेल्हामा कार्यरत वरिष्ठ सहायक अन्तोषकुमार साहले पनि पुरस्कार प्राप्त गरेका छन् । यो विधामा उनीसहित पाँच जनाले पुरस्कार पाएका थिए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य गुलशन खातुनले उत्कृष्ट केन्द्र प्रमुखको पुरस्कार प्राप्त गरिन् । यो विधामा अन्य १० वटा संस्थाबाट एक–एक जनाले उत्कृष्ट केन्द्र प्रमुख पुरस्कार प्राप्त गरेका थिए ।

जीवन विकास लघुवित्तले थ्रि जिरो ( शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन ) क्लब प्रवर्द्धन तर्फ उत्कृष्ट र उदाहरणीय कार्य गरेबापतको पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार जीवन विकाससँगै चमेली बचत तथा ऋण सहकारी र किसान बहुद्देश्यीय सहकारी संस्थाले पनि प्राप्त गरेकाे छ ।

थ्रि जिरो क्लब प्रवर्द्धनका लागि उत्कृष्ट कार्य गरेबापत जीवन विकास लघुवित्तका सामाजिक परिचालक पवनकुमार मलाहले पनि उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गरेका छन् ।

थ्री जिरो उत्कृष्ट क्लबको रुपमा जीवन विकास लघुवित्तले झापाको बुद्धशान्ति गाउँपालिका– ६ मा गठन गरेको थ्री जिरो क्लब फर वातावरण पुरस्कृत भएको थियो । जीवन विकाससँगै चमेली बचत तथा ऋण र किसान बहुद्देश्यीय संस्थाले गठन गरेको एक–एक वटा क्लब पनि पुरस्कृत भएका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनमा ८०० महिला उद्यमी, लघुवित्त, सहकारीका कर्मचारी तथा सदस्यको सहभागिता थियो। सम्मेलन हरेक दुईरदुई वर्षमा हुँदै आएको छ।

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उद्घाटन गरेकाे सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने संकल्पसहित १२ बुँदे घोषणा पत्र जारी गरेको थियो ।

तेस्रो सम्मेलनले अगाडि सारेको ‘घरघरमा उद्यम फैलाउँ , गरिबीलाई शून्य बनाउँ’ अभियानलाई मूर्त रूप दिने प्रतिवद्धतासहित जारी भएको घोषणा पत्रमा लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, सदस्य तथा संस्थाले समेटेका वर्गलाई सुसूचित गर्ने अभियान चलाउने, सदस्य तथा कर्मचारीको आचरण सुधार गर्ने, विपन्न महिलालाई कर्जा तथा बचतमा सहजीकरण गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवा उद्यमी बनाउन सहयोग गर्ने, वातावरणमैत्री र उद्यमशील समाज बनाउनको लागि युवा परिचालन गर्ने, वातावरण अनुकूलता प्रवर्द्धन गर्न वातावरणमैत्री गाउँ निर्माण, प्रविधिमैत्री संस्था निर्माण र निष्क्रिय सदस्यलाई सक्रिय बनाउने अभियान चलाउने उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।