विराटनगरमा जारी अन्तर स्कुल क्रिकेटमा मनकामना र नेपाल गुरुकुल स्कुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा मनकामना स्कुल र नेपाल गुरुकुल स्कुल विजयी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा मनकामना स्कुलले डिएभी स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मनकामनाले निर्धारित निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय १ सय ४७ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच लक्षमण तत्माले सर्वाधिक ५३ रन बनाए । डिएभीका प्रशान साहले ४ विकेट लिए ।

१ सय ४८ रनको लक्ष्य पछ्याएको डिएभीले १९ दशमलव ५ बलमा सवै विकेट गुमाई ९८ रनमा सिमित भयो । जस्मा प्रसनव कर्णले २३ रन बनाए । मनकामनाका अमन अन्सारीले ३ विकेट लिए ।

दोस्रो खेलमा नेपाल गुरुकुल स्कुलले श्री पञ्चायत स्कुललाई ५८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाई १ सय २ रनको योगफल तयार पारेको थियो । जस्मा अधा फिरोजले ३० रनको योगदान दिए । श्री पञ्चायतका मनिष थापा र संविधान लिम्बुले ३–३ विकेट लिए ।

१ सय ३ रनको विजयी लक्ष्य पाएको श्री पञ्चायतले १४ दशमलव २ बलमा सवै विकेट गुमाई ४४ रनमा सिमित भयो । श्री पञ्चायतका कुनै पनि ब्याटरले दोहोरो अंकलाई छुन सकेनन् । नेपाल गुरुकुलका म्यान अफ म्याच थोमश कर्णले सर्वाधिक ३ विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।