मोरङको रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु, मेयर बगडीयाले गरे उद्घाटन

विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सो प्रतियोगिता सुरु भएको हो् ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले पानसमा दियो बालेर राष्ट्रपति रनिङ रनिङ शिल्ड खेलकुद प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै मेयर बगडीयाले रंगेली नगरपालिका खेलकुद क्षेत्रको चौतर्फी विकासमा लागि परेको बताए । उनले स्थानीयस्तरमा हुने खेलकुद प्रतियोगिताबाट राष्ट्रकै नाम राख्नसक्ने राम्रा खेलाडीहरु उत्पादन हुने मात्र नभई स्थानीय ठाउँको पहिचान स्थापित गर्ने माध्यमसमेत बन्ने बताए । मेयर बगडीयाले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सामुदायीक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै भाग लिने सम्पूर्ण खेलाडी, प्रशिक्षकसहित विद्यालयहरुलाई शुभकामना दिए ।

उद्घाटन कार्यक्रममा रंगेली नगरपालिकाका शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डीतले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा पब्लिक माध्यामिक विद्यालय रंगेलीका पूर्व प्रधानाध्यापक एवम् स्थानीय बुद्धिजिवि सुरेस मिश्रले विद्यार्थीलाई खेलकुद गतिविधिमा सहभागी गराउन अभिभावकले हौसला बढाउनुपर्ने बताए ।

औपचारिकरुपमा उद्घाटन पश्चात रंगेली नगरपालिकाका जनप्रतिनिधिहरुबिच एक सय मिटर दौड प्रतिष्पर्धा गराउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुभारम्भ गरिएको थियो । त्यसपश्चात विद्यार्थीहरु प्रतिष्पर्धामा सहभागी भए ।

त्यसअघि विद्यार्थीहरुले मार्चपास गरेका थिए । लगत्तै विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रभक्ति र आफ्नो संस्कृती झल्काउने नृत्यसमेत प्रस्तुग गरेका थिए ।

प्रतियोगितामा छात्र र छात्राको एथलेटिक्स तर्फ एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड, सटपुट, कबड्डी, भलिबल, ट्रिपलजम्प, ज्याव्लिन थ्रो, लङ जम्प, हाइजम्पल, कराँतेलगायतको खेलमा प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा १३ सामुदायीक र ७ वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिष्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुने विद्यालयरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताभरी सहभागी हुने सवै विद्यालय, खेलाडी र प्रशिक्षकलाई सहभागीताको प्रमाणपत्र वितरण गरिने रंगेली नगरपालिका, सामाजिक विकास समितिका संयोजक अवधेश मण्डलले जानकारी दिए । सो प्रतियोगिता बिहीबार सम्पन्न हुने र सोही दिन पुरस्कारहरु वितरण गरिने नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतम, स्थानीय बुद्धिजिवि सुरेस मिश्रा, नगरपालिकाको विषयगत शाखाका प्रमुखहरु, सवै वडका वडाध्यक्ष एवम वडा सदस्यहरु, स्थानीय वुद्धिजिवि समाजसेवी एवम् शिक्षाप्रमी, स्थानीय राजनीतिक दलका प्रमुख एवम् प्रतिनिहरुलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।