गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर, अतिथिको उच्च तारिफ

पोखरा । यही ११ फागुनबाट नेपालमा रिलिज हुने मिलन चाम्स निर्देशित ऐतिहाँसिक नेपाली चलचित्र गोर्खा वारियरको पोखरा रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको प्रिमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् ।
उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दा मार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो ।

गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट बनेको प्रतिक्रिया दिए । उनले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताए ।

किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनवारले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा गोर्खा वारियरले उक्त पहिचानलाई ब्रकरार राख्ने उनले बताए । गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।

गुरुङ सिनेमा निर्देशक कृष्ण कुमार गुरुङले गोर्खा वारियर विश्वले हेर्ने सिनेमा बनेको बताए । गार्खाली समुदायको कथालाई विश्वले मन पराउनेमा उनी विश्वस्त छन् । कलाकार तथा पत्रकार विभू भूषालले गोर्खा वारियर एउटा कालखण्डको सिनेमा भएता पनि नेपालीको बहादुरीपनलाई झल्काउन खोजिएको सिनेमा भएको उल्लेख गरे । छायाँकन देखि संस्कारसंस्कृति सम्मका हरेक विषय समेट्न खोजिएकोले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिए ।

प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रीटिस आर्मी रुकमान गुरुङले सिनेमा भित्र आफुलाई पाएको अभिव्यक्ति दिए । गार्खालीको बहादुरी सँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको प्रतिक्रिया उनको छ ।

चलचित्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले वार जनराको सिनेमा बनाउन नेपालमा गाह्रो भएता पनि गोर्खा वारियर मार्फत प्रयास राम्रो भएको बताए । ७० वर्ष अगाडिको कथा भएकाले त्यतिबेलाको समाजको झल्को सिनेमामा देख्न पाइने उनले उल्लेख गरे ।

नायक रितेस चाम्सले प्रीमियर शोमा पोखरेली दर्शकको माया पाउँदा खुशी लागेको बताए । दर्शकको साथमा बसेर सिनेमा हेरिरहँदा कतिको आँखामा आँशु देखेको र सिनेमाको कथावस्तुलाई रुचाएको पाइएको भनाई उनको छ । सिनेमाबाट उनी आशावादी देखिन्छन् ।

नायिका रेविका गुरुङले पोखरेली दर्शकको माया प्रति प्रतिक्रियाका लागि कुनै शब्द नभएको उल्लेख गरिन् । भावुक हुँदै उनले भनिन्,‘पोखरा प्रीमियर शोमा अथाह माया पाएका छौं । आशा छ सिनेमा रिलिज भइसकेपछि पनि विश्वभरका दर्शकको माया मिल्नेछ ।’

अग्रज संचारकर्मी नरेश भट्टराईले पोखराका दर्शकको माया प्रशंसालायक रहेको उल्लेख गरे । गोर्खा वारियर गोर्खाली लाउरेहरुको कथा भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने उनले बताए ।

प्रिमियरमा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई, तमु धी नेपालका अध्यक्ष होमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पवित्रा थापा मगर, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, भूपू ब्रीटिस आर्मी मेजर लक्ष्मी प्रसाद गुरुङ, किराँत सेवा समाज पोखरा कास्कीका अध्यक्ष दिपेन्द्र राई, आदीवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस मगर, नेपाल आदीवासी चलचित्र महासंघ गण्डकी प्रदेशका अध्यक्ष माओत्सेतुङ गुरुङ लगायतको उपस्थिति थियो । सबैले सिनेमा हेरिसकेपछि राम्रो तारिफ गरे ।

फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।