दोस्रो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि अरनिको स्कुललाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा भएको दोस्रो विराटनगर हव अन्तर–स्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा अरनिकोले साविक विजेता सरस्वती स्कुललाई ५ विकेटले पराजित गरि अरनिको स्कुलले उपाधि जितेको हो ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७ रन बनाएको थियो । सरस्वतीका लागि अविजित यादवले ४१ रन बनाउँदा अविशेक यादवले २२ रनको योगदान दिए । अरनिकोका अमन यादवले ३ विकेट लिँदा साजन यादवले २ विकेट लिए ।

१ सय ८ रनको लक्ष्य पछ्याएकोे अरनिकोले १७ ओभर ५ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । अरनिको जितमा म्यान अफ द फाइनल अविशेक यादवले ५० रन बनाउँदा साजव यादवले १३ रनको योगदान दिए । सरस्वतीका रोहन मण्डल, निरज यादव र अविशेक यादवले समान १–१ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सरस्वतीका अविशेक यादव घोषित भए भने उत्कृष्ट ब्याटर कोशी मोडेलका रविन मण्डल र उत्कृष्ट बलर न्यू मूनका सहवाज आलम घोषित भए ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि राखेपका पूर्व सदस्य सुधिर अर्याल, मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । फागुन ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ स्कुलको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।