पाख्रिबास ३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गांजा सहित पक्राउ
बिराटनगर, फाल्गुन १५ । झापा, मोरङ र धनकुटा जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ परेका छन् ।
हिजो पाख्रिबास नगरपालिका-४ बाट पाख्रिबास ३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गांजा सहित पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत सोमवार दिउँसो प्रदेशका बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१३ बाट बिराटनगर-१४ का २१ बर्षीय दिपेश सिंह ठकुरी, बिराटनगर-१७ का १९ बर्षीय शिबम थापा मगर र बिराटनगर-१५ का २० बर्षीय सेजन राईलाई १४.४४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरि झापाको अर्जुनधारा नगरपालिका-८ का २१ बर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोवायल सहित मेचीनगर नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट खोटेहाङ गाउँपालिका-८ खोटाङका १९ बर्षीय शिशिर थापा ०.४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


