दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथआउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

१६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिगको आधारमा प्रतियोगिता हुनेछ ।’ उनले लिग चरणमा प्रतियोगिता हुने र अङ्कको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यो प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।