एनआरएनए यूकेले सुरु गर्‍यो मानव तस्करहरूलाई जेल हाल्ने कानूनी प्रकिया

लन्डन । बेलायतमा एक नेपाली रेष्टुरेन्ट मालिकले ३२ लाख रुपैयांसम्म तिरेका कामदारलाई श्रम शोषण गरेर दास बनाइरहेको तथ्य बाहिरिएको छ ।

१७४ बेडफोर्ड रोड, केम्पसटन बेडफोर्डमा रहेको द ग्रिफीन दिया रोयल रेष्टुरेन्टका प्रोपाइटर निरन कुमार श्रेष्ठले ११ जना कामदारसंग जनही २७ देखि ३२ लाख रुपैंया (१६ देखि १९ हजार पाउण्ड) लिएर वर्क परमिटमा बेलायत झिकाइ यहां श्रम शोषण गरेका पीडितहरुले आरोप लगाएका छन् ।

पीडितहरु राम गौतम, विजय गुरुङ, टुकलाल वाग्ले, प्रतिक्षा गुरुङ, सुन्दर गलामी थापामगर, सुरेश गिरी, सुलभ रानाभाट, सृष्टिका थापामगर, लेखनाथ चापागाईं, सनिश श्रेष्ठ र विष्णु ढुंगानाले गत १२ फेब्रुअरीमा एनआरएनए यूकेसमक्ष औपचारिक गुनासो गरेपछि यो तथ्य बाहिरिएको हो । पीडितहरु अहिले एनआरएनए यूके अफिसमै आउन शुरु गरेको संघले जनाएको छ ।

सञ्चालक श्रेष्ठले केही महिनाअघि माथि उल्लेखित कामदारहरुलाई आफ्नो नेपालको एनआइसी एसिया बैंक खातामा २७ देखि ३२ लाख रुपैंया हाल्न लगाएर वर्क परमिट भिसा दिलाएका थिए ।

बेलायत आइसकेपछि श्रेष्ठले कामदारहरुको बैंक खातामा मासिक १८ सय पाउण्ड हालिदिने तर ६ सय पाउण्ड ति कामदारले फेरि मालिककै खातामा फिर्ता गरिदिने सम्झौता गराएर मासिक जम्मा १२०० पाउण्ड तलव दिइ चरम श्रम शोषण गरेपछि पीडितहरु मुख खोल्न र प्रमाण दिन वाध्य भएका हुन् ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले पीडितको औपचारिक गुनासो आएपछि संघले उनीहरुको हितका लागि कानूनी प्रक्रिया थालिएको बताए । ‘२१ औं शताब्दी र बेलायत जस्तो विकसित ठाउंमा पनि श्रेष्ठले आफ्ना कामदारलाई दास सरह व्यवहार गरेर श्रम शोषण गर्नु पटक्कै सैह्य कुरा होइन्’, गाहामगरले भने, ‘पीडितलाई जसरी पनि न्याय दिलाउन हामी कानूनी प्रक्रियामा अगाडि बढिसकेका छौं ।’

नेपालमा लाखौं पैसा लिएर नेपालीलाई बेलायत ल्याउनु गम्भीर मानव तस्करी भएको जनाउंदै गाहामगरले श्रेष्ठविरुद्ध बेलायतको मोडर्न स्लेभरी एक्ट २०१५ बमोजिम मुद्धा दायर गर्न कानूनविदसंग परामर्श लिइएको बताए ।

‘मोडर्न स्लेभरी एक्ट २०१५’ ले कुनै पनि मानिसलाई काम लगाएर न्यूनतम ज्याला वा सुविधा नदिए २५ वर्षसम्म जेल र असीमित जरिवाना हुनसक्ने कानूनी प्रावधान छ ।

एनआरएनए यूके अध्यक्ष गाहामगरले बेलायतमा अन्य नेपाली व्यवसायीहरुले पनि लाखौं रुपैयां लिएर वर्क परमिटमा नेपालीलाई यूके ल्याएका तर ज्याला नदिइ श्रम शोषण गरिरहेका गुनासो आएको बताउंदै त्यस्ता कोही पीडित भए निर्धक्क आफूलाई सम्पर्क गर्न पनि आव्हान गरे ।

पीडितहरुले नचाहे उनीहरुको परिचय गोप्य राखिने संघले जनाएको छ ।

‘तपाईंहरुलाई कुनै मालिकले नेपाल फर्काउंछु भनेर धम्क्याएको छ भने पनि कत्ति नडराउनु । यहाँ तपाईंको अधिकार हुन्छ । नेपालबाट पैसा तिरेर आएका व्यक्तिहरुले वर्क परमिट पाउन ५ वर्ष कुर्नु पर्दैन छिटो हुन्छ र तपाईंहरुले आफूले तिरेको पैसा दलालबाट कानून बमोजिम फिर्ता हुन्छ । कानूनी लडाईंका लागि एनआरएनए यूकेले सबै सहयोग गर्छ’- गाहामगरले भने ।

लण्डन, पिटरबरो, ग्रेसट, वकिङ, अल्डरसट, स्कटल्यान्ड, वेल्सको एबरगेभिनी आदि शहरमा रहेका आफूलाई कथित एनआरएनए अभियन्ता तथा समाजसेवी भन्नेहरुले वर्क परमिट दिने बहानामा लाखौं रुपैंया लिएर नेपालबाट मानव तस्करी गरिरहेको भन्नेबारे एनआरएनए यूकेलाई दिनमा १०-१२ वटा कम्पलेन र ४-५ वटा इमेल आउन सुरु गरेको गाहामगर बताउंछन् । ‘यि मानव तस्करहरूलाई एनआरएनए यूकेले कुनै पनि हालतमा छोड्ने छैन’, गाहामगर भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।