दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ ।

विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बालिका स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई ४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १० ओभरमा ५ विकेट गुमाई ६९ रनको योगफल बनाएको छ । जस्मा भुमिका राजवंशीले सर्वाधिक १० रनको योगदान दिइन् । आर्दशकी निशा मण्डलले २ विकेट लिइन् । ७७० रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ३ विकेट गुमाई ६५ रन मात्र बनाउँन सक्यो । जस्मा करुण राजवंशीले सर्वाधिक ८ रनको योगदान दिइन् । महेन्द्रकी प्लेयर अफ द म्याच नेहा पासवानले २ विकेट लिइन् ।

दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १० ओभरमा ४ विकेट गुमाई १ सय ५ रन बनाएको छ । जस्मा पुर्णिमा राजवंशीले सर्वाधिक नटआउट २१ रन बनाइन् । मिल्सकी गौरी महराले २ विकेट लिइन् । १ सय ६ रनको विजयी लक्ष्य पाएको मिल्सले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक १६ रनको योगदान दिइन् । सरस्वतीकी प्लेयर अफ द म्याच कृष्णा धामीले ३ विकेट लिइन् ।

तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय ७ रन बनाएको छ । जस्मा सम्झना पासवानले सर्वाधिक १९ रनको योगदान दिइन् । बालिकाकी कञ्चन राँयले २ विकेट लिइन् । १ सय ८ रनको विजयी लक्ष्य पाएको बालिकाले १५ दशमलव २ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनलिे सर्वाधिक नटआउट ४७ रनको योगदान दिइन् । सत्यनारायणकी दिपिका साहले १ विकेट लिइन् ।

चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्दशले निर्धारित १२ ओभरमा ३ विकेट गुमाई ६९ रन बनाएको छ । सरुसवतीकी प्लेयर अफ द म्याच चाँदनी यादवले ३ विकेट लिइन् ।

पाँचौ खेलमा आर्दश बालिका स्कुलले मिल्स स्क्ुललाई ८ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरको खेलमा ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ४७ रन बनाएको छ । जूमा दुर्गा मलाहले सवाीधक ६ रनको योगदान दिइन् । बालिकाकी प्लेयर अफ द म्याच रचना उराँवले ३ विकेट लिइन् । ४८ रनको विजयी लक्ष्य पाएको बालिकाले ५ दशमलव ३ बलमा २ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । जस्मा सकुन्तला सहनीले सर्वाधिक नटआउट १४ रनको योगदान दिइन् ।मिल्सकी मौसम राँयले १ विकेट लिइन् ।

छैटौ खेलमा सत्तनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ७ विकेट गुमाई ९१ रन बनाएको छ । जस्मा कृतिका चौधरीले सर्वारिक १२ रनको योगदान दिइन् । महेन्द्रकी धनवत् िराँये २ विकेट लिइन् । ९२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ५ विकेट गुमाई ७६ रनमा सिमित भयो । जस्मा शिवानी खातुनले सर्वाधिक नटआउट २१ रनको योगदान दिइन् । सतयनारायणकी प्लेयर अफ द म्याच दिपिक साह र कृचिका चौधरीले २–२ विकेट लिइन् ।

२० गतेसम्म उक्त प्रतियोगितामा प्रतियोगिता विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उनले बताए । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘लिगको आधारमा खेलाइने खेलमा शीर्ष दुईवटा टोली विच फाइनल खेल हुने उनले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् । यस प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि आयोजका मन्दिप साहले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।