मोरङको बेलबारी सडकखण्डमा यात्रुवाहक जिपलाई ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

मोरङ, फाल्गुन १८ । मोरङको बेलवारी नगरपालिका-१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ -०२-००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए ।

घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका-२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका बिर्तामोड-२ की ४८ बर्षीया गायत्री भट्टराई र बिर्तमोड-४ का ४६ बर्षीय हरि खनालको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

दुर्घटना भएको टिपर चालक सुन्दरहरैचा नगरपालिका-७ मोरङका २३ बर्षीय चन्द्र कुमार बि.क. र बस चालक सुन्दरहरैचा-१२ का ४५ बर्षीय छत्र कुमार मास्केलाई ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।