वालिका र सरस्वती स्कुल विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय २१ रनको योगफल बनाएको छ । जस्मा प्लेयर अफ द म्याच कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । महेन्द्रकी धनवन्ति रायले १ विकेट लिइन् । १ सय २२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रन मात्र बनाउँन सक्यो । जस्मा शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यालव र अन्जली मण्डलले २–२ विकेट लिइन् ।

दोस्रो खेलमा वालिका स्कुलले आर्दश स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच वुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन बनाइन् । आर्दशकी अपर्णा राजवंशीले २ विकेट लिइन् । १ सय ११ रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सिमित भयो । जस्मा करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । वालिकाकी वविता गुप्ताले २ विकेट लिइन् ।

तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय ८ रन बनाएको छ । जस्मा चाँदनी यालवले सर्वाधिक १६ रनको योगदान दिइन् । मिल्सकी सुमन चौधरीले २ विकेट लिइन् । १ सय ९ रनको विजयी लक्ष्य पाएको मिल्सले १५ ओभरमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । सत्यनारायणकी प्लेयर अफ द म्याच सन्जना पासवनले ३ विकेट लिइन् ।

चौथो खेलमा महेन्द्र स्कुललाई वालिका स्कुलले ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई ८९ रन बनाएको छ । जस्मा मिनिमा राजवंशी नटआउट १४ रनको योगदान दिइन् । वालिकाकी रचना उराँवले २ विकेट लिइन् । ९० रनको विजयी लक्ष्य पाएको वालिकाले १५ दशमलव ४ बलमा ५ विकेट गुमाई सो वियी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनीले २३ रनको योगदान दिइन् । महेन्द्रकी धनवनित रायले २ विकेट लिइन् ।

पाँचौ खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ७९ रन बनाएको छ । जस्मा प्रिती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । सरस्वतीकी कृतिका धामीले ३ विकेट लिइन् । ८० रनको विजयी लक्ष्य पाएको सरस्वतीले १० दशमलव ३ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्रेरणा पासवनले २८ रन बनाउँदा प्लेयर अफ द म्याच चाँदनी यादवले नटआउट २७ रनको योगदान दिइन् । सत्यनारायणकी प्रिती चौधरीले १ विकेट लिइन् ।

छैटौ खेलमा मिल्स स्कुलले आर्दश स्कुललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ९९ रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच रञ्जना महतो सर्वाधिक १७ रनको योगदान दिइन् । आर्दशकी अर्पणा राजवंशी, निशा मण्डल र करुणा राजवंशीले १–१ विकेट लिइन् । १ सय रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ६ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा अर्पणा राजवंशीले सर्वाधिक १५ रनको योगदान दिइन् । मिल्सकी प्रिति मण्डल र गौरी मलाहाले १–१ विकेट लिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।