भुलेर पनि नखानुहोस् यो अवस्था भएका व्यक्तिले माछा

एजेन्सी । माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ।

त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ। यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

१. माछा खान नजान्नेका लागि
सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ। तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ।

जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।

३. मधुमेह (सुगर) भएकाहरूका लागि
अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ। कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि
माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।

तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन्।

५. पेटको समस्या भएकाहरूका लागि
माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ। त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो (Mercury) पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ।

यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

६. मोटोपना भएकाहरूका लागि
हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।