वैज्ञानिकहरूले पत्ता लगाए सबैभन्दा ठूलो मरुभूमिको उत्पत्तिबारे

एजेन्सी – पृथ्वीको सबैभन्दा ठूलो र सबैभन्दा जटिल मरूभूमिको उत्पत्तिबारे पहिलो पटक प्रक्षेपण गरिएको छ । वैज्ञानिकहरुले अफ्रिका, एसिया र उत्तरी अमेरिकाका साथै मङ्गल ग्रहमा रहेका यस्ता मरूभूमिहरू कहिले बनेका हुन् भन्ने कुरा यसअघि पत्ता लगाउन सकेका थिएनन् ।

वैज्ञानिकहरूले मोरक्कोको लाला लालिया नामको मरुभूमि १३ हजार वर्षअघि बनेको पत्ता लगाएका बीबीसीले जनाएको छ । ठूला मरुभूमिमा हावाको वेगले उडाएर ल्याएको बालुवा जम्मा भएर बनेका ढिस्को जसलाई स्टार ड्युन्स वा पिरामिड ड्युन्स भनिन्छ ।

तिनीहरूको आकार र उचाइबारे पनि अध्ययन भएको छ । मरुभूमिहरूको उत्पत्तिबारे पत्ता लागेसँगै वैज्ञानिकहरूलाई त्यहाँको हावा र मौसमको बारेमा जान्न मद्दत गर्ने युनिभर्सिटी अफ एबेरिस्तविलका प्रोफेसर जाफ डलरले बताएका खबरमा उल्लेख छ ।

दक्षिण–पूर्वी मोरक्कोमा रहेको लाला लालिया मरुभूमिमा बालुवा बनेका बालुवाका ढिस्को नौ सय मिटर अग्लो र तीन सय मिटर चौडा रहेका छन् । यो मरुभूमि बनेपछि झण्डै दुई सय वर्षसम्म यसको विकास भएको थिएन भने पछिल्ला केही हजार वर्षमा यो तीव्र गतिमा बढ्दै गएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।