फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाद्वारा सञ्चालित सामाजिक सञ्जालहरुमा एकसाथ समस्या देखिएको छ । मंगलबार रातिदेखि करिब एक घण्टा मेटा प्लेटफमका फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा समस्या देखिएको हो ।

तीन वटै सामाजिक सञ्जालमा लगइन हुन सकेको थिएन भने प्रयोगकर्ताहरुले यसबारे अन्य सामाजिक सञ्जालमार्फत तीव्र चासो व्यक्त गरेका थिए । डाउन डिटेक्टरमा रिपोर्टहरु सतहमा आउन थालेसँगै राति सवा ९ बजेको आसपासमा फेसबुक र थ्रेड्सहरू लोड भइरहेको देखिएको थिएन ।

यस्तै कैयन प्रयोगकर्ताका इन्स्टाका फिडहरु पनि रिफ्रेस हुन सकेको थिएन, मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् ।

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय अवरुद्ध भएको थियो । त्यस समयमा फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।