अब शब्दकै भरमा एआईले वेबसाइट समेत बनाइदिने

काठमाडौं । अब प्रोम्ट (यस्तो सङ्केत वा निर्देशन जसले एआईलाई के काम गर्नेुपर्ने भन्ने बताउँछ) लेखेकै भरमा वेबसाइट बनाउन सकिने भएको छ । अनलाइन वेबसाइट बिल्डर ‘विक्स’को नयाँ एआई च्याटबटले लेखिएका अक्षरको आधारमा वेबसाइट तयार पारिदिने भएको हो ।

एआई च्याटबटबाट वेबसाइट बनाउने सुविधा नि:शुल्क रूपमा उपलब्ध रहेको छ । तर वेबसाइटमा किनबेचको विकल्प राख्नु पर्‍यो वा ‘विक्स’को डोमेन नेम हटाएर आफ्नो कस्टम डोमेन राख्न चाहेको खण्डमा भने तपाईंले प्रिमियम प्लानमा अपग्रेड गर्नु पर्ने हुन्छ ।

विक्सबाट वेबसाइट बनाउन तपाईंले ‘क्रियट विथ एआई’ बटनमा क्लिक गर्नु पर्ने हुन्छ । त्यसका लागि यहाँ क्लिक गर्न पनि सक्नु हुन्छ । त्यसपछि यहाँ तपाईंले केही प्रश्नको उत्तर दिनु पर्ने हुन्छ । जस्तै: वेबसाइटको नाम के राख्ने, तपाईंका उद्देश्य केके छन्, तपाईं के हो आदि ।

त्यसकै आधारमा प्लेटफर्मले वेबसाइट तयार पारिदिन्छ । जसलाई तपाईंले आफ्नो अनुकूलता अनुसार सम्पादन (कस्टमाइज) गर्न सक्नुहुन्छ ।

वेब डेभलपमेन्ट सम्बन्धी सीप नभएका व्यक्तिका लागि विक्सको यो विकल्प उपयोगी हुने बताइएको छ । -टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖