युमा साम्याे महासभा यूकेकाे साधारणसभा सम्पन्न

आसफाेर्ड(केन्ट) । युमा साम्याे महासभा यूकेकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत मार्च ९ गते महासभाले आसफाेर्डमा साताैँ साधारणसभा सम्पन्न गरेको हाे ।

महासभा यूके अध्यक्ष दिल पालुङ्वाकाे अध्यक्षतामा भएको कार्यक्रम प्रचार विभाग लाहाङ चेम्जोङले सञ्चालन गरेका थिए । अध्यक्ष पालुङ्वाले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र भावी कार्यक्रमकाे रूपरेखा र काेषाध्यक्ष जय मादेम्बाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सभाले पारित गरेको थियोे । स्वागत मन्तव्य हरिभक्त आङबुहाङले राखेका थिए ।

सभाले याक्थुङ समुदायको गर्भावस्थादेखि मृत्युुपर्यन्त हुने धार्मिक संस्कारहरूबारे अन्तरक्रिया गर्दै दस्तावेजीकरण गर्ने निर्णय गरेको छ । सभामा उठेका सवालहरूकाे अध्यक्ष पालुङ्वाले जवाफ दिएका थिए । कार्यक्रममा युमा धर्ममा मूर्तिपूजा वा मूर्ति राख्ने प्रचलन नरहने भन्दै प्रशिक्षण र जागरण चलाउने निर्णय समेत भएको थियोे ।

सभामा सल्लाहकार एवम् तुम्याहाङहरू डम्मर सिङ्गक, काजीमान यक्साे, टङ्क येङ्देन, छत्र वनेम, कुवेरसिं हुक्पा चाेङवाङ लगायतको उपस्थिति रहेको थियोे ।

सन् २०१८ डिसेम्बरमा स्थापना भएको युमा साम्याे महासभा यूकेकाे दाेस्राे महाधिवेशन २०२२ अक्टोबर २२ मा भएको थियोे । महासभाले याक्थुङ समुदायको आदिम धर्म युमा धर्म भनेर अभियान सञ्चालन गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।