द भ्वइस अफ नेपाल बिनोद राईलाई सम्मान गर्दै किराया बेलायतले मनायो २०औं स्थापना दिवस

बेलायत । किरात राई यायोक्खा बेलायतले संस्थाको २०औं स्थापना दिवस विशेष कार्यक्रम सहित मनाएको छ । मिति ०६ अप्रिल २०२४ को दिन किरात राई हाउस ग्याम्बल्स लेन वकिङ्मा आयोजित २०औं स्थापना दिवस कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष चन्द्र बहादुर राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा जगत राई अनि विशेष अतिथिमा द भ्वइस अफ नेपालको पाँचौ श्रृंखला-२०२४ को उपाधि विजेता गायक विनोद राई रहनु भएको थियो ।

 

संस्थाको उपाध्यक्ष रि.मेजर दिल कुमार राईले सामान्य अनि आपतकालीन अवस्थाको जन स्वास्थ्य र शुरक्षा संम्बन्धि ब्रीफिङ गर्नु भएको थियो । दीप प्रज्वलनगर्दै उद्घाटन गरिएको औपचारिक कार्यक्रममा, सुश्री स्मृति राईले संस्थाको बीस वर्षे संक्षिप्त इतिहास वाचन गरेर सुनाएकी थिईन ।

२०औं स्थापना दिवस कार्यक्रमको संयोजक समेत रहनु भएको संस्थाको उपाध्यक्ष अनिता राईले स्वागत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य दिने क्रममै उपाध्यक्ष तथा संयोजक अनिता राईले किरात राई यायोक्खा बेलातयको वर्तमान अवस्था तर्फ इंगित गर्दै संस्थाका उपस्थित संस्थापकहरुलाई संस्थाको निरन्तरता अनि उदेस्य प्राप्तिमा को स्पष्ट भएर उभिएको छ उसलाई साथ दिन अनुरोध गर्नु भएको थियो ।

यसै संस्था स्थापना दिवसको अवसर पारेर, बेलायत भ्रमणमा रहनु भएको, द भ्वइस अफ नेपालको पॉॅचौं श्रृंङ््खलाको उपाधि विजेता गायक बिनोद राईलाई, संस्थाले स्वागत र सम्मान गरेको थियो । सभाध्यक्ष र प्रमुख अतिथिले विजेता बिनोद राईलाई फेटा गुथिदिएर अनि सम्मान-पत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैले खदाले वहाँको स्वागत सम्मान गर्नु भएको थियो ।

स्थापना दिवसको शुभकाना मन्तब्य दिने क्रममा संस्थाको पूर्व अध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार पदम राई बिईएम ले, आफु संस्थाको शैशबकाल देखिनै विभिन्न भूमिकामा सक्रिय रँहदै आएको अनि संस्थाको उन्नत काल खण्डमा नेतृत्व प्रदान गरेको स्मरण गर्दै, संस्थाको वर्तमान अवस्थाप्रति केहि खिन्नता प्रकट गर्दै, कार्यक्रम संयोजकले गर्नु भएको अनुरोध प्रति सहमति जनाउनु भयो । यसैगरी संस्थापकहरुको तर्फबाट संस्थापक नेपालधन राईले आफ्नो भनाई राख्नु भएको थियो । शुभकामना दिने क्रममै, विशेष अतिथि समेत रहनु भएको साथै सम्मानित गायक बिनोद राईले किराया बेलायतले आफुलाई जिताउन अभियान संञ्चानल गर्दै सहयोग गरेको, आफु जस्तो नव युवालाई त्यो सफलता हासिल गर्न वातावरण निर्माण गदै हौसला प्रदान गरेको अनि स्थापना दिवसको दिन विशेष सम्मान गरेर अझ हौसला बढाईदिनु भएको प्रति धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथिको संक्षिप्त शुभकामना मन्तब्य पस्चात सभाध्यक्ष तथा अध्यक्ष चन्द्र बहादुर राईले सम्मानित गायक बिनोद राईलाई हार्दिक बधाई दिदै, स्थापना दिवस भब्य रुपमा सफल पार्न लागि पर्ने कार्यसमिति पदाधिकारी सबैलाई धन्यबाद दिनु भएको थियो ।

यस कार्यक्रमको अतिथिको रुपमा, किराया बेलायत स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरको अध्यक्ष ध्रुवसरी राई, संस्थापकहरु; रामधन राई, गजेन्द्र राई, डम्बर राई र हिराधन राई को उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम किराया बेलायतको उपमहासचिव प्रमिला लाबुङ राईले संचालन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।