नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावानी

विराटनगर , बैशाख ३ । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई कर्मचारीहरूले बहिष्कार गरेका हुन् ।

नेरुडेकै नियमावली लागू हुने सहमति अनुसार मर्ज भएपनि अहिले आएर मिर्मिरेको नियमावली लागू भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् । बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले व्यवस्थापन पक्षलाई गत चैत ३० गते विगतमा भएका सम्झौँता कार्यान्वयन गर्न ध्यानाकर्षण पत्र समेत पठाएको थियो । तर व्यवस्थापन पक्षले बेवास्था गरेपछि आन्दोलित हुनुपरेको कर्मचारी यूनियन अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए ।

मर्ज भइसकेपछि व्यवस्थापन पक्षले साबिकको नेरुडेका कर्मचारीहरूलाई सम्झौता भन्दा फरक व्यवहार गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको ढुङ्गानाले बताए । कर्मचारी यूनियन र व्यवस्थापन पक्षबीच भएको सम्झौता व्यवस्थापन पक्षबाट सम्बोधन हुनेगरी कदम नचालिएको अवस्थामा आन्दोलनमा उत्रने र यसको जिम्बेवारी व्यवस्थापन पक्ष हुने भन्दै यूनियनले व्यवस्थापन पक्षलाई पठाएको पत्रमा समेत उल्लेख गरिएको छ ।

२ ग्रेडको रकम बहिष्कार गर्ने, नेरुडे मिर्मिरेद्वारा आयोजित बैशाख ३ गतेको कार्यक्रम बहिष्कार गर्दै सम्पूर्ण कामकाज ठप्प गर्ने साथै आवश्यकता अनुसार आगामी कदम चाल्ने भन्दै व्यवस्थापन पक्षलाई पत्र पठाएको र सोही अनुसार आजको कार्यक्रम बहिष्कार गरिएको कर्मचारी यूनियन अध्यक्ष ढुङ्गानाले उल्लेख गरे ।

‘हामीले नेरुडे व्यवस्थापन पक्षसँग गरिएको सहमति कार्यन्वयन हुनुपर्छ भनेका हौँ’, ढुङ्गानाले भने, ‘तर सहमति कार्यान्वयन भएन । ४ ग्रेड हामीलाई दिन्छौँ भनेको थियो तर त्यसो भएन । हाम्रो माग सम्बोधन नभएसम्म काम ठप्प पार्छौँ । हामी मिर्मिरेमा आवद्ध कर्मचारीहरूलाई पनि सँगै लिएर जान्छौँ । किनभने मिर्मिरे र नेरुडे एक भइसकेको अवस्थामा सबै कर्मचारीलाई समेट्नु हाम्रो कर्तव्य हो ।’

व्यवस्थापन पक्षले साबिकको मिर्मिरेमा कार्यरत कर्मचारीको मात्रै तलब बृद्धि गरेको साबिकको नेरुडे र हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कर्मचरी शिवकुमार मेहताले बताए । उनले आन्दोलनमा उत्रनुको मूख्य कारण पनि यहि भएको बताए ।

व्यवस्थापन पक्षले आफ्ना मागहरू सम्बोधन गर्छ भन्ने विश्वास रहेको साबिकको नेरुडे हालको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी भुवन अधिकारीले बताए । उनले व्यवस्थापन पक्षले तत्कालै मागहरू सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए ।

यस विषयमा आफुलाई केही जानकारी नभएको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कोशी प्रदेश प्रमुख घनश्याम चौधरीले बताए । उनले कर्मचारीहरू किन आन्दोलित भएका हुन् भन्ने समेत आफूलाई जानकारी नभएको उल्लेख गरे ।

आन्दोलनमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा कार्यरत देशैभरका कर्मचारीहरू उपस्थित भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖