नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि दिल्लीस्थित पोल्याण्डका आवासीय कार्यवहाक राजदूत डा. सेवास्टीयन डोमजाल्स्कीबीच भेटवार्ता भएको छ । दुई मुलुकबीचको कुटनीतिक सम्वन्ध ६५ बर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्वन्ध बिस्तार एवं लगानी प्रर्वद्धनबारे छलफल भएको हो । 

डा डोमजाल्स्कीसंगको भेटका क्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले नेपालको ग्रिन हाईड्रोजनमा लगानीका लागि आग्रह गरे । अध्यक्ष अग्रवालले भने,‘नेपालमा ग्रिन हाईड्रोजन उत्पादनको सम्भावना उच्च छ, विश्वमै ग्रिन हाईड्रोजनको माग उच्च छ । पोल्याण्ड नेपालको पुरानो कुटनीतिक सम्वन्ध भएको मुलुक भएकाले पनि नेपाल लगानीका लागि आर्कषक गन्तव्य भएको जानकारी गराउ“छु, । ’

नेपालमा अन्तराष्ट्रिय लगानी लगानीका लागि नीतिगत तवरमै सहजीकरण गरिने र लगानीको प्रतिफलको सुनिश्चितता गरिएको अध्यक्ष अग्रवालले बताए । उनले नेपालको जलविद्युत, पर्यटन, खानी लगायतका क्षेत्रमा लगानी लगानीका लागि डा सवेस्टियन समक्ष आग्रह गरे । उनले पर्यटकीय आर्कषक गन्तव्यहरु समेत धेरै भएकाले पोल्याण्का नागरिकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन समेत डा सवेस्टिएन समक्ष आग्रह गरे ।
चेम्बर पदाधिकारीसंगको भेटका क्रममा आवसीय कार्यवहाक राजदूत डा. सेवेस्टियनले नेपालको चिया र कफिको बजार सम्भावना खोज्न सकिने बताए । दुई देशबीचको कुटनीतिक सम्वन्ध निकै पुरानो भएकाले आर्थिक दृष्टिकोणले पनि फाईदा खोज्नुपर्ने उनको भनाई छ ।

आवासीय राजदूत डा सेवस्टियनसंगको भेटमा अध्यक्ष अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्षहरु उर्मिला श्रेष्ठ, दिपक श्रेष्ठ, निलकण्ठ चौलागाई एवं सन्तोस पाण्डे सहभागी थिए । यस्तै पोल्याण्डका लागि नेपालका कन्सोल जेनेरल लोकमान्य गोल्छाले नेपालको राम्रो कुटनीतिक सम्वन्ध भएको पोल्याण्डमा निर्यातको प्रचुर सम्भावना रहेको बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖