पथरीशनिश्चरे नगरको बजेट ८५ करोड ४१ लाख

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ । सभाले ८५ करोड ४१ लाख ८ हजार बजेट प्रस्तुत गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिए ।

आर्थिक वर्ष २०८१÷०८२ मा नगरको प्रशासनिक भवन निर्माण, फोहोर व्यवस्थापन, श्रमिक हित कोष सहितका कार्यक्रम अघि सारिएको छ । प्रशासनिक भवन निर्माणका लागि ४ करोड ७० लाख, फोहोर व्यवस्थापनका लागि १ करोड, श्रमिक हित कोषका लागि ५ लाख रकम समेत विनियोजन गरेको छ ।

यस वर्ष वडागत सिलिङ वडा नं. १ मा ६३ लाख ५९०, वडा नं. २ मा ६२ लाख ९० हजार २७०, वडा नं. ३ मा ६३ लाख ६९ हजार ३००, वडा नं. ४ मा ६३ लाख ४६ हजार ३८०, वडा नं. ५ मा ६४ लाख ९८ हजार ९८०, वडा नं. ६ मा ६४ लाख ९१ हजार ५८०, वडा नं. ७ मा ६१ लाख ८१ हजार ९००, वडा नं. ८ मा ६२ लाख ३१ हजार ७००, वडा नं. ९ मा ६१ लाख ०८ हजार ६२० र वडा नं. १० मा ६१ लाख ८० हजार ६८० बिनियोजन भएको छ ।

नगरसभाले आर्थिक विधेयक २०८१ स्वीकृत गरेको छ । अघिल्लो वर्षको तुलनामा करको दर वृद्धि नगरेको तर व्यावसायिक कर घटाइएको र ३०० प्रतिशत लाग्दै आएको घरनक्सा जरिवाना २५० प्रतिशतले घटाएर ५० प्रतिशतमा झारेको नगर प्रमुख मोहन प्रसाद तुम्बापोले जानकारि दिए ।

यसअघि २५ करोड बेरुजु आएकोमा यसवर्ष १८ करोड घटाएको लेखा अधिकृत पिताम्बर वस्तीले जानकारी दिए । भुलबस देखिएको बढि बेरुजुमा असुल गर्नुपर्ने बेरुजु नरहेको वस्तीको भनाइ छ । ससर्त अनुदानमा आएको बजेट खर्चका लागि रकमै नपठाएको, करारका कर्मचारीको तलब लगायतको बेरुजु देखिएकाले आतिनुपर्ने अवस्था नरहेको वस्तीले बताए ।

सभाले शिक्षामा १ करोड ५७ लाख, स्वास्थ्यमा १ करोड २ लाख ६ हजार, कृषिमा १ करोड, पशुपंक्षि तथा मत्स्य विकासमा ३० लाख, सहकारी क्षेत्रमा ४ लाख, लघु उद्यममा ८ लाख, रोजगार सेवा केन्द्रमा ३ लाख महिला बालबालिका जेष्ठनागरिक अपाङ्गता लक्षित क्षेत्रमा १९ लाख २८ हजार, युवा तथा खेलकुदमा २५ लाख र बाँकी रहेको बजेट पूर्वाधार निर्माण मर्मत सम्भार तथा विपद् व्यवस्थापनको क्षेत्रमा विनियोजन गरिएको उल्लेख छ ।

नगरभित्रका ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि कोशी प्रदेश भित्रका अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा, नगरवासीको उपचारका क्रममा रगत किन्दा लाग्ने सम्पूर्ण खर्च नगरले व्यहोर्ने लगायत २६ वटा निर्णय नगरसभाले गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।