सन नेपाल लाइफ इन्योरेन्सको बिर्तामोड शाखा उत्कृष्ट घोषित
झापा । सन नेपाल साइफ इन्योरेन्सद्वारा बर्षको उत्कृष्ट शाखा घोषणा गरेको छ ।
झापाको बिर्तामोड शाखालाई सन नेपाल लाइफले उत्कृष्ट शाखा घोषणा गरेको हो ।
हरेक बर्ष देशभरका शाखाहरू मध्ये व्यावसायको आधारमा उत्कृष्ट व्यावसाय प्रदान गर्ने शाखाहरुको छनौट गर्दै उत्कृष्ट शाखा घोषणा गरि पुरस्कृत गर्दै आएको छ ।
उत्कृष्ट घोषित उक्त शाखाका प्रबन्धक ईन्द्र कुमार श्रेष्ठलाई नगद १ लाख र ट्रफीले पुरस्कृत गरिएको छ । त्यसैगरि दोस्रो हुने ईटहरी शाखाका प्रबन्धक मधु कुमार राईलाई सम्मान गरिएको छ ।
कार्यक्रम चितवनको सौराहामा सम्पन्न गरिएको कोशी प्रदेश प्रमुख तुलशीनाथ पौडेलले जानकारी दिनु भयो ।





