धनकुटामा कर शिक्षा कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजना र आन्तरिक राजश्व कार्यालय धरानको सहकार्यमा धनकुटामा दुई चरणमा कर शिक्षा कार्यक्रम आज सम्पन्न भयो ।

धनकुटाका सुन चादी व्यावसायीहरुका लागी पहिलो चरणमा नया कर नितिको वारेमा कर शिक्षा कार्यक्रम संचालन गरिएको र दोस्रो चरणमा सवै प्रकारका व्यावसायीहरुका लागि कर शिक्षा कार्यक्रम संचालन गरिएको धनकुटा उद्योाग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख कर अधिकृति बद्धि प्रसाद आर्चायले नया कर नितिको वारेमा र सवै प्रकारका करहरुका विषयमा धनकुटाका सहभागी उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजीकरण गर्दै जानकारी दिनु भएको थियो ।

उहाले अहिले पुराना तिर्न बाकी रहेका करहरु बुझाउनका लागी व्यापारी तथा व्यावसायीहरुको लागी बिशेष छुटको कार्यक्रम अहिले भएको वताउनु भयो । भने कर अधिकृत गोविन्द्र प्रसाद पौडेलले पनि सहजीकरण गर्नुृ भएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईको अध्यक्षतमा सम्पन्न भएको कर शिक्षा कार्यत्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग (तारा) ले र कार्यक्रमको संचालन कार्यकारी सदस्य अम्विका देवी धमलाले गर्नु भएको थियो ।

सो अवसरमा सुन चादी कला व्यावसायी संघ धनकुटका अध्यक्ष शंकर ल्यागुन,धनकुटा उद्योग बाणिज्य संघका महिला उपाध्यष निर्मला श्रेष्ठ,कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी,रेजिना पलिखे,सुनिता थापा लगायतले कर शिक्षाको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।