एआईको दुरुपयोग गरेर चरित्र हत्या गर्नेक्रम बढेपछि साइबर ब्युरोले दियो कारवाहीको चेतावनी

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतको दुरुपयोग गरेर राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्नेक्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 

पछिल्लो समय सामाजिक सञ्जालमार्फत त्यस्ता एआईबाट निर्मित सामग्री प्रकाशन गर्ने गरेको पाइएको भन्दै ब्युरोले यस प्रकारको गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ ।

ब्यूरोले भनेको छ- ‘पछिल्लो समय सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटफर्म र एआईलगायतका प्रविधिहरूको दुरुपयोग गरी कुनै संगठन तथा व्यक्तिलाई विशेष लक्षित रही चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य दृश्य सामग्री तयार तथा प्रसारण गरी–गराई सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गर्ने/गराउने घटनाक्रम बढ्दै गइरहेको पाइएको हुँदा यस प्रकारको गतिविधि गर्न अनुरोध गरिन्छ ।’ 

साथै ब्यूरोले यस्तो कार्य गरेको पाइएमा त्यसको जबाफदेही स्वयम् आफैँ हुनुपर्ने भएकाले कानुनी झन्झटमा पर्नबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।