एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

धनकुटा, २ भदौं । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल भोलि धनकुटा आउँने भएका छन् । एमाले धनकुटाले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमका लागि उपाध्यक्ष बराल धनकुटा आउन लागेका हुन् ।

एमाले जिल्ला कमिटी धनकुटाको तेस्रो पूर्ण बैठक बिहान ८ बजे श्रीवानीस्थित पार्टी कार्यालयमा हुनेछ । त्यसपछि दिउँसो ११ बजे सामुदायिक भवनमा पार्टी प्रवेशको वृहत कार्यक्रम हुने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष बरालसँगै स्थायी कमिटी सदस्य शेरधन राई, केन्द्रिय सदस्य राजेन्द्र राई लगायत नेताहरू सहभागि हुनेछन् । विभिन्न पार्टी परित्याग गरेर एमालेमा आउँन लागेका दर्जनौं नेता कार्यकर्तालाई उनीहरूले पार्टीमा स्वागत गर्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖