लण्डनमा थेम्स नदीको किनारमा गोर्खा स्मारक अनावरण

लण्डन । गत १८ अगष्ट २०२४ का दिन लण्डनको थेम्स नदीको किनारमा गोर्खा स्मारक अनावरण भएको छ ।

थरक काउन्सिलका मेयर कैरन रयापर र गोर्खा मेजर डिल्ली कुमार राईको सयुक्त बाहूलीबाट नवंनिर्मित गोर्खा स्मारकको उद्घाटन गरेका हुन । मेयर रयापरले आफ््नो इलाका ईसेक्समा पहिलो गोर्खा स्मारक बनेकोमा खुसि ब्यक्त गरिन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका युके अध्यक्ष प्रेम गाह मगर, गोर्खा मेजर दिल्ली राई लगायतले सम्बोधन गरे । रोचक पक्ष चाहि स्मारकको अनावरणको शुरुवात बहूधर्मसंस्कारबाट गरियो । बुद्धिष्ट पुजारी, हिन्दु पुजारी, क्रिश्चियन पुजारी र किरात राई र लिम्बु पुजारीहरुले एकैसाथ आआफ्नो तरिकाले पुजा अनुष्ठान गरेका थिए ।

क्रस खुकुरी माथि गोर्खा हेड भएको स्मारक युकेको हकमा सम्भवत पहिलो हो । पंचधातुबाट बनेको स्मारकको कुल लागत ४५ हजार पाउण्ड (नेरु साढे ७८ लाख) रहेको कुरा निर्माण समितिले जानकारी गराएका छन ।

प्रसिद्ध डार्टफोर्डक्रसिङ नजिकै थेम्स नदिको डिलमा रहेको प्रफिट ह्यारिटेज मिलिट्री संग्राहलयको प्राङगणमा सो स्मारकको स्थापना गरिएको हो ।

थरक नेपलिज गोर्खा कम्युनिटीको सयुक्त पहलमा सो स्मारकको निर्माण गरिएको हो भने परिकल्पनाकार किसोर लिम्बु र मान बहादुर राई हुन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।