आमूल परिवर्तनका लागि एमाले अघि बढेको छः उपाध्यक्ष बराल

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूणर् बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश कमिटी सदस्य एवं पूर्व धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष लिलाराज लावती पनि एमालेमा गएका छन् । नेपाली काँग्रेस साँगुरीगढी गाउँपालिका उपसभापति प्रकाश राई, नेकपा एसका नेता प्रा.डा.गोपालबहादुर भट्टराई, नेकपा एस साँगुरीगढी वडा नं.३ का अध्यक्ष प्रवेश लिंखा पनि एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेर करिब ५ सय नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कटेलले जानकारी दिए ।

उनीहरूलाई एमालेका केन्द्रिय उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, केन्द्रिय सदस्य सकुन्तला बस्नेत र बिनादेवी राई, अग्रज नेता गोपाल गुरागाईं, प्रदेश उपाध्यक्ष टिकाराम चेम्जोङ, प्रदेश सहसचिव देवानसिंह राई, जिल्ला अध्यक्ष शिव आङ्ला लगायतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सो अवसरमा नवप्रवेशीको तर्फबाट बोल्दै बलबहादुर राईले खहरे खोलामा बसेर समय बर्बाद गर्नुको अर्थ नरहेको निष्कर्ष निकालेर मूलधारको पार्टीमा आएको धारणा राखेका छन् ।

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ ।

यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र सचिवमा कुलबहादुर तितुङ चयन भएका छन् । उनीहरूलाई एमाले केन्द्रिय उपाध्यक्ष गुरु बरालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

आमूल परिवर्तनका लागि एमाले अघि बढेको छः उपाध्यक्ष बराल

धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला कमिटीको तेस्रो पूणर् बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उपाध्यक्ष बरालले यस्तो बताएका हुन् ।

एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थिक, सामाजिक समृद्धिका लागि पार्टीले काम गरिरहेको दाबी उनले गरे ।

देशमा राष्ट्रिय पुँजीको विकास गरी समग्र अर्थतन्त्रलाई सामाजिक न्यायको आधारमा रुपान्तरण गर्ने उनको भनाई छ । देशमा पुँजीपति दलालको रक्षाका लागि दलालहरू लागिपरेको भन्दै बरालले आफूहरू राष्ट्रिय पुँजी विकासको लागि लड्ने बताए ।

मुलुक आर्थिक रूपले सङ्कटमा फसेको अवस्थामा एमालेले नै निकास दिलाउने बताउँदै उनले अब मुलुक हाँक्न एमालेको विकल्प नभएको दाबी गरे । समाज परिवर्तनका लागि स्वच्छ राजनीति आवश्यकता पर्ने भएकाले राजनीतिसँग जनताको असन्तुष्टि नभएपनि भ्रष्टाचार, अनियमितता, व्यभिचार र ढिलासुस्ती आदिसँग असन्तुष्टि रहेको नेता बरालले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राईले एमालेको राष्ट्रिय सङ्कल्प र मिसन ८४ पूरा गर्ने यात्रा कोशी प्रदेशको धनकुटा जिल्लाबाट सुरु भएको बताए ।

यो यात्राले देशभर उत्साह ल्याउने बताउँदै उनले राष्ट्रिय संकल्प र मिसन ८४ पूरा गर्न जिल्ला, पालिका र टोल हुँदै घरघरमा पुग्ने योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे । मुलुकको अग्रगमनका लागि एमाले र काङ्ग्रेस मिलेर सरकार बनाएको भन्दै राईले २०८४ पछि एमाले एक्लैले सरकार चलाउन सक्ने हैसियत बनाउने दाबी गरे ।

एमाले केन्द्रिय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईले धनकुटाको विकासका लागि एमालेको अगुवाईमा धेरै काम भएको बताए । आफू खानेपानी मन्त्री हुँदा जिल्लाका लागि ७ अर्ब भन्दा बढी बजेट ल्याउन सफल भएको भन्दै उनले यसले जिल्लाको विकासमा थप गति दिने विश्वास व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।