धनकुटामा पनि मनाइयो रोपाइ जात्रा
धनकुटा,५ भदौ । धनकुटामा समेत बुधबार रोपाइ जात्रा पर्व मनाइएको छ । सदरमुकामका विभिन्न टोलबाट गोरुजोतेको अभिनयका साथ निकालिएको जात्रा शहरपरिक्रमा गराइएको छ ।
नेवारी समुदायको बाहुल्यता रहेको धनकुटा सदरमुकामको मदनचोक, चुवाको बोट, परिचयमोड भिमनारायणचोक, माथिल्लोकोप्चे, तल्लोकोप्चे लगायतका चोक बाट रोपाइ जात्रा निकालिएको थियो ।
असार साउनको कृषि कर्म सकेको र त्यसैको उत्साहमा हिले जात्रा मनाउने गरेको स्थानिय बताउँछन् । कति पयले भने परापूर्वकाल बाट सुरु भएको संस्कृती भएकोले त्यसको जगेर्नाका लागि समेत जात्रा निकालिएको बताउँछन् ।
यो जात्रा नेवारी समुदायले धनकुटामा बिशेषगरी मनाउँने गरेका छन् । जात्रामा पुरुषले महिलाको पहिरन र महिलाले पुरुषको पहिरन लगाउने गरेका छन् ।


