धार्मिक महत्वको पाताल भुवनेश्वर धाम प्रचार प्रसारको अभावमा ओझेलमा

रोशन पोखरेल,बैतडी । बैतडी जिल्लाको सुर्नया गाउँपालिका २ मा अवस्थित पाताल भुवनेश्वर धाम, ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । दक्षिण एसियाकै लामो मानिएको यो गुफा, उचित संरक्षण र प्रचार प्रसारको कमीका कारण जनमानसमा लोकप्रिय हुन सकेको छैन ।

गुफाको संरक्षणमा स्थानीय सरकारको उदासीनता स्पष्ट देखिन्छ । यसको गहिराइ र लम्बाइ बारे अध्ययन तथा अनुसन्धान नहुनाले यस बारे यकिन जानकारी उपलब्ध छैन । घना जंगलको बीचमा अवस्थित यस रमणीय स्थलमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भए तापनि यसको विकास हुन सकेको छैन ।

 

स्थानीयले भौतिक संरचना र अन्य विकास कार्यको अभावका कारण गुफाको महत्त्व घटेको बताएका छन् । पौराणिक कथनअनुसार, महादेवले सतीदेवीको मृत शरीरलाई लिएर भ्रमण गर्दा सतीदेवीको पैतला यस ठाउँमा खसेको मानिन्छ, जसको आधारमा गुफालाई ‘पाताल भुवनेश्वर’ नाम दिइएको हो ।

 

धार्मिक मान्यता अनुसार, यो गुफा कैलाश पर्वतसम्म फैलिएको छ । स्कन्दपुराणको मानस खण्डमा उल्लेख गरिएअनुसार, यहाँ ३३ करोड देवताहरूले बसोबास गरेका थिए, र पाण्डवहरूले समेत यहाँ बास बसेका थिए ।

 

अयोध्याका राजा रितुवर्णले त्रेता युगमा गुफाको पहिचान गरेको किंवदन्ती छ । गुफाको प्रवेशद्वार सानो भएपनि भित्र प्रवेश गरेपछि यसले ठूलो क्षेत्रफल ओगटेको छ । गुफाको बाहिर एउटा ताल रहेको छ, जुन सधैंभरि पानीले भरिएको हुन्छ, र खडेरीमा समेत पानी नसुक्ने बताइन्छ ।

 

पाताल भुवनेश्वर धाममा चारवटा गुफा रहेका छन्, र यस क्षेत्रको शोभा चारैतिर फैलिएको जंगल र शिवमन्दिरले थपेको छ । गुफा परिसरमा विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रमहरू हुने गरेका छन् ।

 

धार्मिक पर्यटकीय सम्भावना भए तापनि पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छैन । स्थानीयले पूजापाठ र विवाहका लागि आउने बाहेक अन्य पर्यटकको संख्यामा कमी भएको बताएका छन् । यस महत्त्वपूर्ण धार्मिक सम्पदाको विकास र संरक्षणका लागि छुट्याइएको बजेटको सही सदुपयोग नहुनु पनि समस्याको एक मुख्य कारण हो ।

 

शिवरात्रीको दिनमा पाताल भुवनेश्वर धाममा ठूलो मेला लाग्ने गर्छ, र विभिन्न क्षेत्रका भक्तजनहरू दर्शनका लागि यहाँ आउने गर्छन् । यो स्थलमा दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।