भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलको सर्वसाधरणसँग सम्वाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तर्गत शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुगेका छन् ।

राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्दा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए ।

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसँग सम्वाद समेत गरेका थिए । सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताएक थिए ।

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए ।

सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गरे ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।