दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

काठमाडौं, १८ कात्तिक । भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन्। दुई दिने भ्रमणका क्रममा उनी बुधबार बिहान काठमाडौं ओर्लेका छन् ।

सचिव मिश्रीलाई भारतीय राजदूत सुधाकर दलेलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सचिव मिश्री चार महिनाअघि नै नेपाल आउन चाहेका थिए । तर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भेट नदिने भएपछि भ्रमण स्थगित भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री बालेनले भारतसँग सम्बन्ध सुधार गर्न खोजेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई नयाँ दिल्लीले न्यानो स्वागत गरेपछि झस्केका बालेनले आफ्ना प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई गोप्य रूपमा भारत पठाएका थिए ।

बेनले भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई नयाँ दिल्लीस्थित एक होटलमा भेटेर दुई देशबीच सम्बन्ध बढाउन प्रस्ताव गरेपछि सचिव मिश्रीको नेपाल भ्रमण तय भएको थियो । सोहीअनुसार मिश्री बालेनको सम्भावित भारत भ्रमणको तयारीका सिलसिलामा बुधबार नेपाल आइपुगेका हुन् । उनले प्रधानमन्त्री बालेनलाई भेटेर भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने बुझिएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖