डोल्पा कारागारबाट फरार भएका दुईजना कैदी रुकुममा फेला

सुर्खेत, १७ कात्तिक । गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट फरार भएका दुईजना कैदीबन्दी रुकुम पश्चिममा फेला परेका छन् ।

चौरजहारी बेश क्याम्प रुकुम पश्चिम र प्रहरी चौकी गोतामकोट रुकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षक बुद्धिराम वलीको कमाण्डमा पाँचजनाको प्रहरी टोलीले आठबिसकोट नपा–६ दामाचौरस्थित खोली बगरबाट ९ राडी आउदै गरेको क.प्र. ०२–००१ च ०८३१ नं. को डबल क्याप बोलेरो जिप चेकजाँच गर्ने  क्रममा दुईजना ब्यक्तिहरु फेला परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले भने, ‘उनीहरु प्रहरीलाई देखेर भाग्न थालेपछि नियन्त्रणमा लिइएको हो ।’

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नपा १० घर भएको जर्वजस्ती करणी मुद्दाका अभियुक्त ३२ वर्षीया रामबहादुर बिक र सल्यान जिल्लाको कुमाख गापा-५ घर भएका जर्वजस्तीकरणी कसुरमा कारागारमा रहेका २८ वर्षको रेशम राना छन् । अझै ६ जना फरार छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖