कर्णालीमै पहिलोपटक देउती यातायातले भित्र्यायो उच्च प्रविधिका बीएस सिक्स बस

सुर्खेत, १७ कात्तिक । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि काठमाडौंका लागि यात्रा गर्न चाहने यात्रुका लागि देउती नागरिक यातायात प्रा.लि.ले उच्च प्रविधिसहितका ८ वटा बस भित्र्याएको छ ।

कर्णालीमा पहिलोपटक उक्त कम्पनीले बीएस सिक्स मोडेलका बसहरु भित्र्याएको अध्यक्ष कमल खड्काले जानकारी दिए । ‘गोल्डेन भेन्चर नामक अत्याधुनिक आठओटा बस ल्याएका छौँं । थप तीनवटा बस आइरहेका छन् । यी बसहरुको कुल लागत एक करोड ५० लाख पर्न गएको छ,’ अध्यक्ष खड्काले भने, ‘सुर्खेत-काठमाडौं रुटमा यात्रा गर्ने यात्रुलाई आरामदायी यात्रा गराउने योजनाअनुरुप कम्पनी सधैं लागि परेको छ ।’

उनका अनुसार गाडीमा खराबी आएमा, वा अन्य कुनै समस्या देखिएमा उक्त गाडीले चालकलाई जानकारी दिने गर्दछ । गाडीमा ४५ वटा आरामदायी सिट र स्लिपर नाैवटा छन् । यी गाडीहरुमध्ये चारवटा गाडी सुर्खेत बसपार्कबाट दुईवटा क्युमा छुट्ने छन् ।

कोहलपुर हुँदै बुटवल काठमाडौं जाने रुटका लागि बसपार्कबाट साढे चार र साढे पाँच बजेका लागि बस छुट्ने समय तोकिएको छ भने विएस ३ बसहरु सुर्खेतको मालारानी, लमही हुँदै काठमाडौं जाने रुटका लागि साढे दुई बजे गाडी छुट्ने समय तालिका बनाइएको छ ।

यसैबीच कम्पनीले सञ्चालन गर्दै आएका रुटहरुका उत्कृष्ट चालकलाई सोमबार एक कार्यक्रमबीच नगद पुरस्कार र सम्मान गरेको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्काको उपस्थितिमा जुम्ला, दैलेख, काठमाडौंलगायतका रुटमा गाडी चलाउने उत्कृष्ट चालकलाई जनही नगद पाँच हजार र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖