छठ लगत्तै संसद् बैठक बोलाउन विपक्षी दलको माग

काठमाडौं, १६ कात्तिक । संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् । 

सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना र सरकारका कार्यशैलीबारे छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका हुन् ।

नेकपा सांसद युवराज दुलालका अनुसार बैठकमा हालै देशमा भैरहेका पछिल्ला घटनाहरु, स्वतन्त्र न्यायालय र विचौलियाका सम्बन्धहरु, 
स्वतन्त्र मिडियामाथि सरकारको आतंक र धरपकड, विपद् प्रभावित क्षेत्रको पून निर्माण, बढ्दो महंगीले जनजीवनमा पारेका असर र राष्ट्रियताका विषयमा पेचिला सवालहरु संसदमा छलफल गर्नुपर्ने भएकोले संसद बैठक छठलगत्तै आव्हान गर्न सरकारसॅग माग गर्ने सहमति भएको छ ।

वर्तमान सरकारले राज्यका हरेक संवैधानिक अंग गिजोल्ने, एकपछि अर्को विवादित निर्णय गर्ने गरेकाले पनि त्यसबारे छलफल गर्न संसद् बैठक आवश्यक भएको निष्कर्षमा विपक्षी दलहरू पुगेका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖