मोटरसाइकल जाँच गर्दा भारतीय नागरिकको साथबाट १० लाख नगद बरामद

रौतहट, १६ कात्तिक। रौतहटको सीमावर्ती क्षेत्रमा प्रहरीले गरेको सवारी जाँचका क्रममा ठूलो परिमाणमा स्रोत नखुलेको नगद रकम फेला परेको छ। बौधिमाई नगरपालिका–७ बंकुलस्थित सडकमा जाँच गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट १० लाख रुपैयाँ बरामद भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी जिल्ला, घोडासहन गाउँका करिब ३३ वर्षीय टुना दास रहेका छन्।

सोमबार दिउँसो बंकुल प्रहरी चौकीबाट खटिएको टोलीले बंकुल–नरकटिया सडकखण्डमा सवारी साधन जाँच गरिरहेको थियो। सोही क्रममा बाराबाट रौतहटतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइएको अवस्थामा नगद रकम फेला परेको हो।

प्रहरीले बरामद गरेको रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। दुवै दरका नोटको कुल रकम १० लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि लगिँदै थियो भन्ने विषयमा स्पष्ट जानकारी नखुलेपछि प्रहरीले रकमसहित दासलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाबारे पुष्टि गर्दै बरामद नगदको स्रोत पहिचान गर्ने तथा घटनाको थप विवरण खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖