कर्णाली याक्सले काठमाण्डू गोर्खाजलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं, १६ कात्तिक । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा अरिफुल इस्लाम र हुसैन तलात चम्किएपछि कर्णाली याक्सले काठमाण्डू गोर्खाजलाई १८१ रनको बलियो लक्ष्य दिएको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । 

कर्णालीका ओपनर अरिफुल इस्लामले २२ बलमा ४४ रन बनाए । पाँच चौका र ३ छक्का हिर्काएका उनलाई साहव आलमले अस्ट्रेलियन चर्चित ब्याटर डेविड वार्नरबाट क्याच गराएका थिए । पाकिस्तानका अलराउन्डर हुसैन तलातले २९ बलमा ४० रन बनाए । एक चौका र दुई छक्का हिर्र्काएका उनी हिट विकेटको सिकार भए । हुसैनले पवन सरार्फसँग पाँचौ विकेटको लागि ६५ रनको साझेदारी गरेका थिए । 

यसअघि इस्लाम र वाटले दोस्रो विकेटको लागि ४६ रनको साझेदारी भएको थियो । अलराउन्डर गुल्शन झाले २० रन बनाए । सातौं नम्बर क्रिजमा आएका गुल्शनले १२ ओभरमा २ छक्का हिर्काएका थिए । तेस्रो क्रममा आएका मार्क वाटले २० बलमा २ चौकासहित १७ रन बनाए । 

यसअघि पहिलो खेल खेलिरहेका बंगलादेशका ओपनर निशन अलामले ५ बलमा मात्र ७ रन बनाए । दीपक डुम्रे ६ बलमा ८ रन मात्रै बनाएर आउट भएका थिए ।

काठमाण्डूका लागि रिपोन मोन्डोलले दुई तथा शाहव आलम, कप्तान करण केसी, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट लिएका थिए । प्रतियोगितामा कर्णाली लगातार तेस्रो जितको खोजीमा छ ।काठमाण्डू भने पहिलो जितको खोजीमा छ । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖