कांग्रेसकाे निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुगे प्रदीप पौडेल

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसको १५औं महाधिवेशनपछिका दस्तावेज अध्यावधिक गर्न महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ ।

असोजमा सम्पन्न महाधिवेशनबाट कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएका थिए । कांग्रेसका पदाधिकारी २० सहित २६२ केन्द्रीय कार्यसमितिका सदस्यहरूको नाम अद्यावधिक गर्न महामन्त्री पौडेल निर्वाचन आयोग पुगेका हुन् ।

गत पुस अन्तिम साता आयोजित कांग्रेस विशेष महाधिवेशनले गगन थापालाई नै सभापतिमा निर्वाचित गरेको थियो । पार्टीको १५औं नियमित महाधिवेशनबाट पनि थापा नै सभापति निर्वाचित भएका छन् ।

कांग्रेसको आधिकारिकता विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च् अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धमा पुनरावलोकन गर्न दिएको आदेशकै कारण अहिले पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन गर्ने बहाना पाएको छ । देउवा पक्षले मंसिर तेस्रो साता महाधिवेशन गर्ने जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖