प्रचण्डप्रति आक्रामक हुंदै ओलीले भने : मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन् ।

शनिबार क्याप्टेन रामेश्वर थापाको पुस्तक ‘इन्टु द फायर’ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमाथि आक्रामक हुदै बंगलादेश र श्रीलंकाको घटनाबाट ठुलो डर प्रचण्डलाई नै भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन् । उनले भने- ‘प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र ? खुट्टा कमाउने ? मैले त डराउनुपर्नै केही छैन् ।’

उनले प्रचण्डले श्रीलंकाबाट सिक, बंगलादेशबाट सिक भनेर त्यो चर्को स्वरमा भनेको उल्लेख गर्दै भने- ‘म भन्न चाहन्छु राम्ररी सिक । बंगलादेशमा जे भयो भनेर नेपालमा त्यही हुन्छ भन्ने ? नेपाल कुनै देशको फोटोकपी मेसिन होईन । यहाँ आफ्नै इतिहास र परम्परा छ । डेमोक्रेसी हामीले लडेर ल्याएका हौं । अहिलेको संविधान हामीले लेखेको हो । म त्यो हैसियत राख्छु । यो प्रणाली र संविधानलाई देश र जनताको पक्षमा बनाउने हो । जो यहाँ भैरहेको प्रणाली र डेमोक्रेसीको विरुद्धमा लड्यो अनि उसैका ठूला कुरा ।’

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले कांग्रेससँग भएको सहमति अनुसार प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।