बालेनविरुद्ध कवाड व्यवसायीहरुले गुहारे प्रधानमन्त्री ओली

काठमाडौं । कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकार्षण गराएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएको हो ।

वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरुलाई काठमाडौं महानगरपालिकाले व्यवसायीहरु माथि अभद्र व्यवहार गरेको उनीहरुको आरोप छ । महानगरले वातावरण फोहर गरेको, आगलागीका घटना बढाएको, चोरीको घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायलाई काठमाडौंबाट विस्तापित गर्न खोजेको उनीहरुको आरोप छ ।

उनीहरुले महानगरले कवाड व्यवसायीमाथि गरिरहेको तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले संचालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन् । कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार व्यवसायको दर्ता नविकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरुको भनाइ छ ।

कानुन बमोजिम दर्ता नविकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नविकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भईरहेको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने कवाड व्यवसायीहरुको माग छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।