यसरी मनाइयो धनकुटामा तीज
धनकुटा । धनकुटामा समेत शुक्रबार धुमधाम संग हरितालिका तीज पर्व मनाइएको छ । हिन्दु धर्मावलम्बी महिलाहरूको महान् पर्वको रूपमा रहेको हरितालिका तीज मनाउँन विहानै देखि धनकुटा जिल्लाका विभिन्न स्थानमा रहेका शिवालय तथा घरघरमा महिलाहरुले पुजा आरधाना गर्दै मनाइ रहेका छन् ।
हिन्दु नारीहरू महादेवको पूजा आराधना गरी तीज मनाउने गर्दछन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीज को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । तीजको अघिल्लो दिन महिलाहरुले दर खाने चलन रहेपनी पछिल्लो समय दरखाने चलनमा भने विकृती बढ्दै गएको देखिन्छ ।


