मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनुपर्छ: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले नेपालमा हाल भाषाको संख्या १३१ वटा पुगेको बताउँदै अझै भाषाहरू थपिँदै जाने बताए । 

उनले ध्वनि लिपीका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै अगाडि भने, भाषाको प्रवर्द्धन महत्त्वपूर्ण छ । व्यक्तिले आफ्नो  मातृभाषामा अनुभूतिहरू गर्न पाउनु पर्छ ।

सो अवसरमा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने बताएका छन् ।  मन्त्री पाण्डेले भने, मैले मन्त्रालयको बारेका बुझिसकेको छु। अब संस्कृति,पर्यटन र नागरिक उड्डयनको क्षेत्र अब सुधारका लागि काम अगाडि बढाउँछु ।

मन्त्री पाण्डेले  आफूले सत्य निष्ठाका साथ सुधार गर्ने  शपथ ग्रहण गरेको स्मरण गर्दै मन्त्रालयमा भएका वेथितिहरू सुधार गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।