सरकारी कर्मचारीलाई खाजा खाने समय अब आधा घण्टा मात्र
काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टामा झारिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको आइतबार राति सामाजिक सञ्जाल फेसबुककमार्फत जानकारी दिनुभएकाे छ । याेसँगै अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म कायम भएकाे छ ।
सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएकाे समय घटाइएकाे प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएकाे छ ।
‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ, खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ, कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ’- उहाँले लेख्नुभएकाे छ ।

Screenshot


