काठमाडौंमा मौलिक रैथाने लोकनृत्य कार्यशाला जारी

काठमाडौं, ११ असोज । काठमाडौंमा बिहिबारबाट त्रिदिवसीय ‘मौलिक रैथाने लोकनृत्य कार्यशाला एवं बृहत सांस्कृतिक संगोष्ठी २०८१’ सुरु भएको छ । यो संगोष्ठीले शनिबार बेलुकासम्म जारी रहने छ । राष्ट्रिय नृत्य संघ नेपालले यो कार्यशाला आयोजना गरेको हो ।

गोष्ठीमा शुक्रबार मगर समुदायको जिवैमामा नाचको प्रशिक्षण दिईयो बिहान १० बजेबाट बेलुका ५ बजेसम्म चलेको प्रशिक्षणमा देशका विभिन्न क्षेत्रबाट आएका ६ दर्जन भन्दा बढी नृत्यकलाकार तथा नृत्य प्रशिक्षकहरुले यो नृत्य सिके । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट नृत्य निर्देशक गोरे गुरुङ र नृत्य निर्देशक भिम मास्के रानाले मगर समुदायको जिवैमामा लोकनाचको प्रशिक्षण दिएका हुन् ।

‘जिवैमामा चैं मगरसमुदायको जीवनशैलीमा आधारित लोकनाच हो । गायनमा एक पछि अर्को गर्दै चार चरणको गीत प्रस्तुतिसँगै नृत्य पनि चार चरणमा गरिन्छ र हरेक चरणको नृत्य प्रस्तुत फरक रहन्छ ।’ नृत्य निर्देशक रानाले शुक्रबार प्रशिक्षणका क्रममा बताए ।

कार्यशालाको उद्घाटन बिहिबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले गरेकी हुन् । रैथाने नृत्य प्रशिक्षणका लागि देशका विभिन्न कुनाबाट कलाकारहरु काठमाडौं आएकोमा उनीहरुको स्वागत गर्दै यस्ता प्रशिक्षणले लोकनाचको सँरक्षणमा योगदान पुग्ने शर्माले बताईन् । एकै थलोमा नृत्य कलाकारहरुले पूर्वको साकेला र गण्डकी प्रदेशको जिवैमामा नाच सिक्नु प्रसँसनीय कार्य भएको पनि उनले बताईन् ।
काठमाडौंको शँकमुलमा जारी यो कार्यशालामा पहिलो दिन बिहिबार धरानका नगेन्द्र राईले साकेला नाच सिकाए । लोकनृत्य प्रशिक्षक नगेन्द्र राईले बिहिबार दिनभर राई समुदायको साकेला नाच सिकाउँदा प्रशिक्षार्थीहरु निकै उत्साहित देखिए ।

नृत्य कार्यशाला आयोजना गरिएको राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले पछिल्लो समय आधुनिक सिक्न सहज भए पनि रैथाने नाचहरु हराउँदै गएकाले यस्ता नृत्य कलाकारले सिक्नुपर्छ भनेर यो कार्यशाला आयोजना गरेको बताए । उनका अनुसार शनिबार यो कार्यशालामा लोकनृत्यको बारे बहस र छलफल गरिने छ । सो छलफलमा उठेका कुराहरुलाई कार्यपत्रको रुपमा तयार गरेर सरकारलाई बुझाउने पनि गोदारले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।