‘छैठौं नेशनल किड्स अफ दि इयर २०२४’ मा फरक उमेरका चार विजेता घोषणा

काठमाडौं । ‘छैटौँ चोकोफल नेशनल किड्स अफ दि इयर २०२४’को उपाधि सिनियर बलिकातर्फ क्यारिङ दोङ र जुनियर बालिकातर्फ प्रान्भी आचार्यले जितेका छन् । यस्तै सिनियर बालकतर्फ उत्सर्ग भट्टराईले र जुनियर बालकतर्फ प्रणय मानन्धरले जितेका छन् । बिहिबार अबेर साँझ राष्ट्रिय नाचघरमा सम्पन्न यो प्रतियोगितामा एकै स्टेजमा चार विजेताको घोषणा गरिएको हो । बिजेताहरुले २५ हजार रुपैयाँ बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत र विभिन्न उपहारसहित बैंककमा हुने ‘इन्टरनेशनल किड्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

प्रतियोगितामा ४५ भन्दा बढी विद्यालयका ६० प्रतियोगीले भाग लिएका थिए । जसमा बिजेता बालिकामध्य दोङ एनआइसी एकडेकी कक्षा ५ मा, आचार्य माछापुच्छ्र आईबी स्कुलमा कक्षा ३ मा पढ्छिन् । यस्तै बालकतर्फका बिजेता भट्टराई ग्यालेक्सी स्कुलमा कक्षा ७ मा र मानन्धर रोजबर्ड स्कुलमा कक्षा २ मा अध्यायनरत छन् ।

यो प्रतियोगितामा सिनियर समूहमा बालकतर्फ निशान उलक र आरोग्य श्रेष्ठ क्रमशः फष्ट र सेकेन्ड रनरअप बने भने बालिकातर्फ परिसा सिटौला र इक्सिता तन्डुकार क्रमशः फष्ट र सेकेन्ड रनरअप भए । यस्तै जुनियर बालक तर्फ अविग्न डंगोल र ड्यारियन कुवँरले फस्ट र सेकेन्ड रनरअप बने भने बालिका तर्फ साइना थापा र आयुजा चौधरीले क्रमशः फष्ट र सेकेन्ड रनरअपको उपाधि जिते ।

यो प्रतियोगिताको निर्णायकमा चलचित्र र सांगीतिक क्षेत्रमा व्यक्तित्वहरू थिए । निर्णायक मण्डलमा मिस वल्र्ड ट्रिजम नेपालकी सजिना खनाल, अन्तराष्ट्रिय मोडल दीपक घिमिरे, कोरियोग्राफर जयनसुब्बा मानन्धर, डान्स कोरियोग्राफर महेश केसी, कस्मोलोजिष्ट परिषी कारँजित, फेशन डिजाईनर इन्ता श्रेष्ठलगायत थिए ।

सोफिया महर्जन कार्की र रोजिन शाक्यले सञ्चालन गरेको सो कार्यक्रमको पर्सनल डेभलपमेन्टमा स्वस्तिका राजभण्डारी, अभिनय प्रशिक्षकमा अशान्त शर्मा थिए । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा आयोजक संस्थाकी एमडी लीजा श्रेष्ठको नृत्य प्रशिक्षण दिएकी थिईन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उद्घाटन गरेको सो ग्रान्ड फिनाले समारोहमा अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला, प्रतियोगितामा मेमोरी किङ डा.नबल पजियार, अभिनेता गजित बिष्ट, रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितलगायतका विभिन्न व्यक्तिहरु सो कार्यक्रमका अतिथि थिए ।

नेपाल एरलाइन्सको सहकार्यमा सम्पन्न सो प्रतियोगिताको अफिसियल ड्रेस डिजाइनमा इन्ता अटायर, थियो । प्रत्यक्ष धिमे बाजाको प्रस्तुतिबाट सुरु भएको प्रतियोगितामा विविध सांस्कृतिक पहिरनमा प्रतियोगीहरू आफ्ना अभिभावकसहित मञ्चमा उत्रिएका थिए ।

प्रतियोगितामा गायक धिरज राई, सन्दीप कार्की, राजेन्द्र गिरी र युग श्रेष्ठले सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई संगीतमय बनाए । आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका अध्यक्ष धिरज तन्डुकारले यो कार्यक्रमले बालबालिकलाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्न र भविष्य निर्माणमा सक्षम बनाउने यो कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगिताको ग्रान्ड फिनाले प्रत्यक्ष प्रसारण काष्ठमण्डप गोल्ड एचडी मार्फत गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।