मिसेस युनिभर्समा नेपालकी सन्तोषीलाई मिसेस युनिभर्स करिज्मा उपाधि

काठमाडौं, २५ असोज । गत सातामात्र मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि चुमेकी सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाईटल हाँसिल गरेकी छिन् ।

अघिल्लो शुक्रबारबाट दक्षिण कोरियोको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरुले भाग लिएका थिए । जसमा नेपालबाट सन्तोषीले भाग लिएकी थिईन् । हिजो भएको मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले ‘मिसेस युनिभर्स करिज्मा’ सब टाईटल हाँसिल गरेकी छिन् ।

आफुले हाँसिल गरेको यो उपाधीलाई अर्को एउटा सफलताको रुपमा लिएको सन्तोषीले बताएकी छिन् । बेलायतमा बस्दै आएकी सन्तोषी मिसेस युनिभर्सको ग्रान्ड फिनाले सकेर हिजै राती नै बेलायत फर्किएकी छिन् ।

लन्डन फेशन हाउसले आयोजना गरेको आन्तरिक प्रतिस्पर्धाबाट मिसेस नेपाल युनिभर्स २०२४को ताज चुमेकी सन्तोषी नेपालबाट अघिल्लो बिहिबार मिसेस युनिभर्समा गएकी थिईन,‘यसपटकको मिसेस युनिभर्समा मैले नेपाललाई चिनाउने र एउटा सब टाईटल पनि जित्ने अबसर पाएँ । कार्यक्रममा धेरै कुराहरु सिक्ने अबसर पनि मिल्यो ।’ उनले भनिन् ।
अन्तराष्ट्रिय युवा उधमी महासंघ बेलायतकी महासचिब समेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहँदै आएकी छिन् । उनी ८ वर्षको छोराको आमा पनि हुन् । लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गरिरहेकी सन्तोषीले लन्डनमै रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी छिन् ।

मिसेस नेपाल युनिभर्सकी आयोजक मनिषा डंगोल श्रेष्ठले पनि सन्तोषीको यो सफलताप्रति खुसी व्यक्त गरेका छन्,‘थुप्रै देशका महिलाहरु मिसेस युनिभर्सबाट खलीहात फर्कनु परेको अबस्थामा सन्तोषीले एउटा उपाधि जित्नु पनि हाम्रो लागि खुसीको कुरा हो ।’ मनिषाले भनिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।