धनकुटाको भेडेटार सिम्सुवामा बस दुर्घटना, २६ यात्रु घाइते
धनकुटा,१० कार्तिक । कोशी राजमार्गको भेडेटार सिम्सुवा खण्डको कोलबोटेमा शनिवार दिउँसो बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।
धरानबाट धनकुटाको पाख्रिबास स्थित सान्ने जाँदै गरेको को १ ख २७५५ नम्बरको बस आज दिउसाे दुर्घटना भएकाे हाे ।घाइते मध्ये केहिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।


