पहिरोमा परि ज्यान गुमाएका पाख्रिवासका पिडित परिवारलाई नेकपा एमाले पाख्रिबास नगर कमिटिको आर्थिक सहयोग
धनकुटा(पाख्रिबास),१३ कार्तिक । गत असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका धनकुटाको पाख्रिबास नगरपालिका ५ का श्रीमती आशा तामाङ्ग र उनकी आमा लक्ष्मीशोभा तामाङको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) नगर कमिटि पाख्रिबासको तर्फबाट शोक सभा तथा राहत बितरण कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा पिडित परिवारलाई पाख्रिबास नगर कमिटिले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
उक्त सहयोग रकमको नगद नेकपा एमाले केन्द्रिय सदस्य, नेकपा एमाले जिल्ला इन्चार्ज,पूर्वमन्त्री एवं संघिय सांसद राजेन्द्र कुमार राईले पिडित परिवारका सदस्य सन्तोष तामाङलाई आज हस्तान्तरण गर्नु भएको छ ।
सोहि अवसरमा नेपाल नेकपा एमाले जिल्ला कमिटि धनकुटाले पनि पिडित परिवारलाई समवेदना पत्र हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा सोही घटनामा घाइते निम माया तामांगको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नगर कमिटिकै तर्फबाट नगद रु ५ हजार ५ सय रुपैया वहांको श्रीमान योगेन्द्र तामांगलाई सांसद राईले हस्तान्तरण गरेको थियो ।






