निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि

इटहरी । मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । १४ गते बुधबार इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ ममिषा चौधरी र मिस्टर लिटिल पुर्बेली तर्फ प्रज्ञान शाक्यले उपाधी चुम्न सफल भए ।

विजेताहरुले ३०/३० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गरेका छन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनलमा ५५ जना बालबालिकाले सहभागी जनाएका थिए ।

ग्रान्ड फिनालेबाट प्रतियोगिताको मिस लिटिल पुर्बेली तर्फ निजा आचार्य फर्स्ट रनरअप, सेल्मा नर्साल तामाङ सेकेन्ड रनरअप र गृष्मा कटवाल अर्गनाइजर च्वाइक बन्न सफल भइन् । यता मिस लिटिल किड्स तर्फ श्रेया लिम्बू फर्स्ट रनरअप बन्दा अस्मिका खड्का सेकेन्ड रनरअप बन्न सफल भईन् भने प्रिन्सा खत्री अर्गनाइजर च्वाइस बनिन् । यस्तै मिस्टर लिटिल पुर्बेली तर्फ आषिक बस्नेत फर्स्ट रनरअप बन्न सफल भए भने ग्राण्ड फिनालेबाट सन्जिब श्रेष्ठ सेकेन्ड रनरअप र प्रतीक थापा अर्गनाइजर च्वाइस बन्न सफल भएका छन् ।

मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको ग्रान्ड फिनालेमा मोडल रुषा न्यौपाने, मिस्टर नेपाल २०२४ का फर्स्ट रनरअप आदेश प्रधान, डाक्टर शोभा गुप्ता र उद्धमी रक्तिम जोय निर्णायकको रुपमा रहेका थिए । यो प्रतियोगिताको पहिलो अडिसनमा ८० र दोश्रो अडिसनमा ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरेकी थिइन् ।

उनी लगायत अन्य प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिएका थिए । ग्राण्ड फिनालेको सहयोगीमा रोयल रिसोर्ट, सिनेसुत्र न्युज, युथ डेभलपमेन्ट सेन्टर, शान्ती पार्टी प्यालेस र जम्प एरिना रहेका छन् भने कार्यक्रमको मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ हुन् । मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको मिडिया पार्टनर परिकला न्युज, फोटो तथा भिडियोग्राफी बज क्रीयसन, वार्ड्रप पार्टनर निधि बुटिक, मकेअप पार्टनर मार्टिना मेकअप स्टुडियो, क्यालेन्डर पार्टनर हाम्रो पात्रो र भोटिङ पार्टनर एभिन्टोज रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।